नेपाल

राष्ट्रपतिद्वारा दुई निर्वाचनसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार दुवै विधेयक आइतबार नै प्रमाणीकरण भएका हुन् । प्रमाणीकरणसँगै यी विधेयक कानुनी प्रक्रियाअनुसार कार्यान्वयनको चरणमा प्रवेश गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्