राजनीति

‘जनमतसहितको स्पष्ट बहुमतको रणनीतिमा अघि बढेका छौँ’

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा अब जनमतसहितको स्पष्ट बहुमतको रणनीतिमा अघि बढिसकेको बताउनुभएको छ ।

शनिबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय सदस्य भेला तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उपसभापति वाग्लेले रास्वपा अब जनमतसहितको स्पष्ट बहुमतको रणनीतिमा अघि बढिसकेको दाबी गर्नुभयो ।

संसदमा सीमित सङ्ख्यामा रहँदाको अनुभवले रास्वपालाई अब निर्णायक शक्ति बन्नैपर्ने निष्कर्षमा पुर्याएको उहाँले उल्लेख गर्नुभयो । आगामी निर्वाचनमा आफ्नो पार्टीले प्रतिनिधिसभामा १ सय ५१ सिट जितेर मुलुकलाई नयाँ दिशामा अघि बढाउने दाबी उहाँले गर्नुभयो ।

कार्यक्रममा उपसभापति वाग्लेले थारु समुदाय, दलित समुदायसहित विभिन्न दल र व्यक्तित्वहरू छिट्टै रास्वपाको महाअभियानमा जोडिन लागेको जानकारी दिनुभयो । सोही अवसरमा गण्डकी प्रदेशबाट पूर्व मन्त्री कुमार खड्का, पर्यटन व्यवसायी पुष्प अधिकारी र महिला नेतृ मिलन थापाले पार्टी प्रवेश गर्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्