एक्सक्लुसीभ

धनुषा–१ : सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजसम्बन्धी निर्णयको फाइलसहित यही फागुन २९ गते उपस्थित हुन निर्वाचन आयोगको नाममा आदेश गरेको छ ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज रास्वपाका उम्मेदवार साहको उम्मेदवारी खारेज भएको धनुषा १ मा मत परिणामसमेत सार्वजनिक नगर्न भनेको छ ।

आदेशमा मतगणना सम्पन्न भए पनि मतपरिणाम घोषणा नगर्न भनेको छ । आधार कारणसहित आदेश प्राप्त भएको मितिले सात दिनभित्र विपक्षीहरुले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखितजवाफ पेस गर्न भनिएको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्