एक्सक्लुसीभ

गगन थापाद्वारा कांग्रेस सभापतिबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिनुभएको छ। सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा पत्र बुझाउनुभएको हो।

पार्टीका एक पदाधिकारीका अनुसार उक्त राजीनामाबारे भोलि बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ। उहाँले दिनुभएको राजीनामा पत्र हालसम्म सार्वजनिक गरिएको छैन। शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको केन्द्रीय समिति बैठकले राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ।

प्रतिनिधिसभा निर्वाचनमा पराजय भएपछि नैतिक जिम्मेवारी वहन गर्दै सभापति थापाले पदबाट राजीनामा दिनुभएको हो। फागुन २१ गते सम्पन्न निर्वाचनमा उहाँ सर्लाही–४ बाट पराजित हुनुभएको थियो।

निर्वाचन परिणामपछि पार्टीभित्र उहाँप्रति आलोचना बढ्दै गएको थियो र राजीनामाको मागसमेत उठिरहेको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्