एक्सक्लुसीभ

कांग्रेसका नेताहरूको पुसभित्र महाधिवेशन गर्न सुझाव

ललितपुर । नेपाली कांग्रेसका नेताहरूले १५ औँ महाधिवेशन पुसभित्र गर्न प्रस्ताव गर्नुभएको छ । असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार बोल्ने केन्द्रीय सदस्यले विशेष महाधिवेशन गर्न नहुने बताउनुभएको हो ।

उहाँले पुसभित्र १५ औँ महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका प्रस्तुत गर्न पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँहरूले विशेष महाधिवेशन गर्दा पार्टीमा विग्रह आउन सक्ने भएकाले नियमित महाधिवेशन तयारीमा जुट्न ध्यानाकर्षण गराउनुभयो ।

केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गर्ने पक्षलाई पनि समेट्न आग्रह गर्नुभयो ।

बैठकमा सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशाङ्क कोइराला, बलबहादुर केसी, डा. नारायण खड्का, रमेश लेखक, कल्पना चौधरी, जितजङ्ग बस्नेत, सुजाता परियार र श्यामकुमार घिमिरेले बोल्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्