राजनीति

एमालेबाट काठमाडौँ क्षेत्र ५ मा पोखरेल उम्मेदवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँ क्षेत्र ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले पार्टी केन्द्रले क्षेत्र ५ मा पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।

पोखरेल विगतको प्रतिनिधिसभा र संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट उम्मेदवार हुँदै आउनुभएको छ । अध्यक्ष निरौलाका अनुसार काठमाडौँ क्षेत्र ४ बाहेक सबै उम्मेदवारको नाम टुङ्गो लागिसकेको छ ।

काठमाडौँ क्षेत्र नं १ मा मोहन रेग्मी, क्षेत्र नं २ मा मणिराम फुयाल, क्षेत्र नं ३ मा रामेश्वर फुयाँल, क्षेत्र नंं ६ मा अमनमान मास्के, क्षेत्र नं ७ मा प्रकाश श्रेष्ठ, क्षेत्र नं ८ मा राजु शाक्य, क्षेत्र नं ९ मा अजयक्रान्ति शाक्य र क्षेत्र नंं १० मा विनोद श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्