राजनीति

सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दियोः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दिएको आरोप लगाउनुभएको छ ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । संयोजक दाहालले श्रमजीवी वर्गमाथि सबैभन्दा ठुलो आहत दिने काम सरकारबाट भएकाले पनि नेपालका कम्युनिस्ट पार्टीहरूले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको बताउनुभयो ।

उहाँले कम्युनिस्ट बिचको एकताले मात्रै वर्ग सङ्घर्षलाई माथि उठाउन सकिने भएकाले सो काममा नेपालका कम्युनिस्ट पार्टीहरू एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता भएको पनि बताउनुभयो ।

संयोजक दाहालले भन्नुभयो, “अहिले सरकारको तर्फबाट सबभन्दा गरिबहरूमाथि, निमुखाहरूमाथि नै सबभन्दा बढी आहत, पीडा दिने कोसिस भएको छ । सबभन्दा गरिब, जसको हामी वर्ग आधार भन्ने गर्दछौँ । त्यही वर्गंमाथि प्रहार भएको छ । हामीले यो बीचमा वैचारिक ढङ्गले र आफ्नो वर्ग आधारलाई दह्रोसँग समात्नुपर्नेमा कमजोरी भएको छ । हाम्रो वर्गीय पक्षधरतामाथि आक्रमण गरेर नेपालमा कम्युनिस्टलाई सिध्याउने देशीविदेशी प्रतिक्रियावादी लागेका छन् । त्यसकारण हामीले वर्ग सङ्घर्षलाई माथि उठाउन सबै कम्युनिस्टहरू बिच एकता गरेर अघि बढ्नुपर्ने छ ।”

अध्यक्ष दाहालले नेपाली जनताले नेपालमा कम्युनिस्ट पार्टीमाथिको नै भरोसा गरिरहेको जिकिर पनि गर्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्