राजनीति

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दै

काठमाडौँ ।  नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजपनि बस्दैछ । बुधबारदेखि शुरु भएको बैठक आजपनि बस्न लागेको हो ।

बैठक आज बिहान ११ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक उम्मेदवार चयन र महाधिवेशन सम्बन्धि महत्वपूर्ण निर्णय गर्ने बताइएको छ र छलफल अझै जारी रहेको छ । बैठकमा महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर र क्रियाशील सदस्यताको विवाद छिटो टुंगाउने विषयमा समेत छलफल हुने बताइएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्