नेपाल

कञ्चनपुरका सबै छाउगोठ भत्काउन प्रशासनको निर्देशन

धनगढी । कञ्चनपुरमा सबै पालिकामा छाउगोठ भत्काउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै नौ वटै पालिकामा छाउपडीगोठ भत्काउन आग्रह गरेको हो ।

सो जिल्लामा महिनावारी भएको बेला छाउपडी गोठमा बसेकी कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी दमाईको सर्पको टोकाइबाट शनिवार ज्यान गएको थियो ।

छाउगोठमा बसेकी महिलाले अकालमै ज्यान गुमाएपछि प्रशासनले सबै पालिकाहरूलाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्नका लागि पत्राचार गरेको छ । प्रशासनले छाउगोठ भत्काउने अभियान सञ्चालनका लागि भीमदत्त नगरपालिका, कृष्णपुर, वेदकोट, शुक्लाफाँटा, दोधारा चाँदनी, पुनर्वास, बेलौरी नगरपालिका र बेलडाँडी तथा लालझाडी गाउँपालिकालाई पत्राचार गरेको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी सूचनामा छाउपडी कुप्रथा अन्त्यका लागि सबै स्थानीय तहबाट आवश्यक निर्णय गराइ छाउगोठ भत्काउने अभियान तत्काल सञ्चालन गर्न जरुरी रहेको उल्लेख छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्