नेपाल

धुपीको राँको बालेर मनाइयो साउने सङ्क्रान्ति

हुम्ला । कर्णाली प्रदेशको पाँच जिल्लाका स्थानीयले धुपीको राँको बालेर साउने सङ्क्रान्ति पर्व मनाएका छन् । हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा विशेष तरिकाले यो पर्व मनाइँदै आएको हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका–४, माजा गाउँका राजबहादुर रोकायाले बताउनुभयो । वनबाट सुकेको धुपी टिपेर ल्याएर साँझ प्रत्येक घरको छतमा राँको बाल्ने चलन रहेको उहाँले बताउनुभयो ।

घरमा मात्र नभई खर्कमा पनि राँको बाल्ने गरिन्छ । घरको छतमा बालेको आगोको राँको साँझतिर फाल्ने गरिन्छ । यसरी राँको फालेपछि अघिल्लो वर्षका नकारात्मक पक्ष हटेर जाने र साउन लागेपछि सकारात्मक ऊर्जा उत्पन्न हुने मान्यता रहेको उहाँले बताउनुभयो । परम्परा अनुसार हरेक घरमा जति सदस्य छन, त्यति नै राँको बालेर छत तथा आँगनमा आफू र आफ्नो घरमा रहेको लुतोपाउँडो लैजा, दाङ देउखुरीको समूह आइजा, रोगव्याधि सबै जाओस् भन्ने कामना गरिन्छ । राँको बाल्ने समयमा  दमाहा, तालसमेत बजाउने चलन छ । राँको बाल्ने क्रम करिब एक घण्टासम्म चल्ने रोकायले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्