नेपाल

कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनसम्बन्धी कामलाई तीव्रता दिएको छ । परीक्षा सकिएको दुई साता मात्रै भएको छ । यसबिचमा बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित ५० प्रतिशतभन्दा धेरै काम सकिसकेको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार अहिले उत्तरपुस्तिका परीक्षणको काम आधाभन्दा बढी सकिइसकेको छ ।

परीक्षण भइसकेको उत्तरपुस्तिकाको प्राप्ताङ्क सम्परीक्षणसमेत भएर कम्प्युटरमा प्रविष्ट गर्ने कामसमेत सकिएको छ । जुन जुन विषयको उत्तरपुस्तिका परीक्षण सकिन्छ, त्यसको सम्परीक्षण पनि तत्कालै सुरु गर्ने र सम्परीक्षण सकिनेबित्तिकै प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टको काम पनि भइरहेको शर्माले जानकारी दिए ।

नतिजा प्रकाशनलाई छरितो बनाउन बोर्डले परीक्षा सकिएको दिनदेखि नै उत्तरपुस्तिका परीक्षण सुरु गरेको थियो । मुलुकभरका विभिन्न ४२ केन्द्रबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ । नियन्त्रक शर्माले भने, “नतिजा प्रकाशनको काम परीक्षा सकिएको ४५ दिनभन्दा पर पुग्दैन । सकेसम्म त्योभन्दा पनि छिटो प्रकाशन गर्ने गरी काम गरिरहेका छौँ ।”

परीक्षामा मुलुकभरबाट चार लाख १८ हजार परीक्षार्थी सहभागी भएका थिए । बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा पनि परीक्षा सकिएको २९ दिनमै प्रकाशन गरेको थियो । जुन एसइईको इतिहासमै सबैभन्दा छोटो समयमा नतिजा प्रकाशन भएको हो । यसअघि एसइई र कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन हुन सामान्यतया परीक्षा सकिएपछि तीन महिना लाग्ने गरेको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्