एक्सक्लुसीभ

आज देशभर बादल लाग्ने, वर्षा र  हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ ।

बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपात रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबा दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना/हावाहुरीसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

राति देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का  वर्षा/हिमपातको सम्भावना रहेको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्