एक्सक्लुसीभ

मुग्लिन मलेखु सडक रातिदेखि अवरुद्ध

असोज । मुग्लिन मलेखु सडकखण्डअन्तर्गत धादिङको जवाङ खोलामा पहिरो जाँदा सोमबार राति १२ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ ।

ठुलो पहिरो आएका कारण अवरुद्ध सडक खुलाउन मङ्गलबार दिनभर लाग्ने भएको छ । मुग्लिन नागढुङ्गा सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले पहिरो ठुलो भएकाले आज दिनभर सवारी सञ्चालन हुन नसक्ने जानकारी दिनुभयो ।

राति १२ बजे पहिरो आएपछि तत्काल काम गर्न नसकिएको उहाँले बताउनुभयो । पहिरो पन्छाउने तयारी भए पनि रातिको समयमा जोखिम हुने भएकाले आज बिहानबाट मात्र पहिरो पन्छाउने तयारी गरिएको छ । अहिले पनि पहिरो खस्ने क्रम भएकाले काम गर्न कठिन भएको कार्यालय प्रमुख नेपालले जानकारी दिनुभयो । पहिरो खस्न रोकिएपछि पन्छाउने काम हुनेछ ।

चितवनबाट राजधानी जाने र पोखराबाट राजधानी जाने सवारी साधनले वैकल्पिक बाटो अपनाउन कार्यालय प्रमुख नेपालले अनुरोध गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘‘पोखरा र चितवन हुँदै काठमाडौँ जाने सवारी साधनलाई हेटौँडाको सिस्नेरीबाट जान अनुरोध गर्दछु । पहिरो पन्छाउन दिनभर लाग्ने भएकाले यो बाटो भएर यात्रा गर्ने योजना नबनाउन अनुरोध छ ।’’

शुक्रबार पहिरो आएर आइतबार साँझ मात्र सञ्चालन आएको मुग्लिन नारायणगढ सडकखण्ड मङ्गलबार जवाङ खोलामा आएको पहिरोले गर्दा पुनः राजधानी जोड्ने राजमार्ग अवरुद्ध भएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्