एक्सक्लुसीभ

एनआरएनए अमेरिकाको निर्वाचन आइतबार, अगष्ट १७ र सोमबार, १८ तारिख हुने

लस एन्जलस । गैर आवासीय नेपाली संघ, (एनआरएनए) अमेरिकाको निर्वाचन अन्तर्गत आइतबार, अगष्ट १७ र सोमबार, १८ तारिख मतदान हुने भएको छ ।

निर्वाचन आयुक्तहरुले राजिनामा दिएका कारण अन्यौलमा परेको एनआरएनए अमेरिकाको निर्वाचन तिथि पुन:संघका पुर्व अध्यक्ष, उम्मेदवार, र अगुवाहरुको सहमतिमा नयाँ मिति घोषणा गरिएको संघका अध्यक्ष डा. अर्जुन बन्जाडेले जानकारी दिएका छन् ।

निर्वाचनमा सतेन्द्र साह, भानु खरेल र रामहरी अधिकारी प्यानल सहित चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

अध्यक्ष बन्जाडेका अनुसार आइतबार, अगष्ट १७, बिहान ७:३० बजे मतदान सुरु हुनेछ भने र सोमबार, अगष्ट, १८ तारिख बिहान : १०:०० बजे सम मतदान गर्न सकिने व्यबस्था मिलाइएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्