अर्थ

अमेरिकाले दिएको भन्सार छुुट सुविधा समाप्त

काठमाडौँ । अमेरिकाले नेपाललाई ७७ स्वदेशी वस्तुु निर्यातमा दिएको भन्सार छुट सुविधाको अवधि बुुधबार (नेपालको र अमेरिकाको समय अन्तरले) सकिँदै छ । २०७२ सालको भूकम्पपछिको आर्थिक पुनस्र्थापना गर्ने उद्देश्यले अमेरिकाले नेपाललाई सन् २०१५ देखि २०२५ सम्म लागुु हुुने गरी ७७ वस्तुु निर्यातमा शून्य भन्सारको सुविधा उपलब्ध गराएको थियो । सुुविधा पाएका वस्तुको निर्यातको अवस्था भने न्यून रहेको तथ्याङ्कले देखाएको छ । 

फागुन २०७२ मा अमेरिकाले भूकम्पबाट प्रभावित नेपालको अर्थतन्त्रको पुनरुत्थानमा सघाउन भन्दै नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम अन्तर्गत व्यापार ग्राह्यता सुुविधा दिएको थियो । अमेरिका सरकारले कानुन बनाएरै नेपाललाई शून्य भन्सारमा ७७ वस्तुु निर्यात सुविधा उपलब्ध गराए पनि नौ वर्षको अवधिमा २९ वटा वस्तु मात्र निर्यात भएको र बाँकी ४८ वस्तुुको निर्यात भने शून्य रहेको व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्कले देखाएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अप्रिलदेखि छुुट सुविधा हटाएर नेपालबाट निर्यात हुुने वस्तुमा १० प्रतिशत अतिरिक्त भन्सार महसुुल लगाउनुभएको छ । त्यसअघि भने ७७ वस्तुु निर्यातमा शून्य भन्सार सुविधा रहेको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्