खेलकुद

नेपाल दोस्रो खेलमा मङ्गलवार ओमानसँग खेल्दै

काठमाडौँ । क्यानडालाई हराएसँगै नेपाल विश्वकप लिग–२ को अंक तालिकामा छैटौँ स्थानमा पुगेको नेपालले आफ्नो दोस्रो खेलमा मङ्गलवार ओमानसँग खेल्दैछ । 

खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे हुनेछ नेपाल र ओमनबिच भएका १६ खेल मध्य नेपालको जित १० खेल भएको छ भने ओमानको जित ६ खेल छ । ओमान २९ खेलबाट ३३ अंक जोड्दै चौथो स्थानमा छ ।

३३ खेल खेलेको नेपालले १२ जित, १९ हार र दुई खेलमा नतिजा नआउँदा २६ अंक जोडेर छैटौँ स्थानमा छ । क्यानडा भने ३४ खेलबाट २५ अङ्कसहित सातौँ स्थानमा झरेको छ । क्यानडाले १० खेल जित्दा १९ खेलमा हार बेहोरेको छ भने पाँच खेलमा नतिजा आएको छैन ।

अंक तालिकाको शीर्ष स्थानमा अमेरिका ३४ खेलबाट ४७ अङ्कसहित छ । स्कटल्यान्ड ३६ खेलबाट ४५ अङ्कसहित दोस्रो र नेदरल्यान्ड्स ३२ खेलबाट ३८ अङ्कसहित तेस्रो स्थानमा छन् । लिग–२ मा सहभागी आठ टोलीले नौ सिरिजमा प्रतिस्पर्धा गर्छन् । प्रत्येक सिरिजमा चार खेल हुने भएकाले सबै टोलीले कुल ३६ खेल खेल्नेछन्। नेपालले अहिले अन्तिम सिरिज खेलिरहेको छ ।

शीर्ष चारमा रहने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । नेपालले शीर्ष चारमा रहेर सिधै छनोट प्रतियोगितामा पुग्ने सम्भावना भने गुमाइसकेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्