राजनीति

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय पदाधिकारीको मतगणना जारी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय पदाधिकारीको मतगणना जारी छ । 

सानेपामा जारी मतगणनामा ४ हजार १ सय मत गणना सकिँदा खुल्ला उपसभापतितर्फ डा चन्द्रकान्त भण्डारीले २ हजार ४५ मत प्राप्त गरी अग्रता लिइरहनुभएको छ ।

खूला उपसभापतितर्फ अन्य उम्मेदवारहरू इन्जिनियर मधु आचार्यले १ हजार २ सय ७८, गोविन्द भट्टराईले १ हजार ९१, सुरेन्द्रराज पाण्डेले १ हजार ६५, दीपक गिरीले ५ सय ७९, धनराज गुरुङले ९ सय ८ र प्राध्यापक डा.चन्द्रमोहन यादवले ३ सय ३५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी समावेशी तर्फको उपसभापति पदमा विनोदकुमार चौधरी १ हजार २६, जीवन परियारले  ९ सय ७९, फरमुल्लाह मंसुरले ५ सय ६५,सीता गुरुङले ६ सय ७६, रञ्जित कर्णले ३ सय ११ मत प्राप्त गुर्नभएको छ ।

यस्तै खुल्ला महामन्त्रीतर्फ प्रदीप पौडेल २ हजार ३ सय ९१, उदय शम्शेर राणाले  १ हजार ३ सय ३३, डा.सुनिलकुमार शर्माले १ हजार १ सय ७५, अमरसिंह पुन मगरले ८ सय ८७, गुरुराज घिमिरेले ८ सय २३, नैनसिंह महरले ५ सय ३९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी महिला महामन्त्री तर्फ डा.डिला संग्रौला पन्तले १ हजार ८ सय १६, महालक्ष्मी उपाध्याय (डिना)ले १ हजार ६ सय ३१ र रीता खनालले ४ सय २० मत प्राप्त गर्नुभएको छ ।

नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको मतदानमा कूल ७ हजार १३ मत खसेको थियो ।

उपसभापति र महामन्त्रीको मतगणना आज राती सम्ममा सकिने छ भने अहिले केहीबेर अघिबाट सहमहामन्त्री तर्फको पनि मतगणना सुरु भएको नेपाली काँग्रेसले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्