खेलकुद

काभा बिच भलिबलमा सहभागी हुन नेपाली टोली भुटान जाने

काठमाडौं । काभा बिच भलिबलमा सहभागी हुन नेपाली टोली बुधबार भुटानको थिम्पु जाने भएको छ । भदौ १९ देखि २१ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट समान २–२ पुरुष÷महिला टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

पुरुषमा महेन्द्र श्रेष्ठ र राजकुमार निरौला तथा झमन सिंह दर्जी र शरण कार्कीको जोडीले खेल्ने छन् । महिलातर्फ कमला पुन र कोपिला राना तथा सुनिता राई र भावना डाँगीको जोडीले प्रतिस्पर्धा गर्ने छन् ।

टोलीको प्रशिक्षकमा श्रीराम बोगटी तथा व्यवस्थापकमा जितेन्द्र श्रेष्ठ छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दलगायतले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्