अर्थ

मङ्गलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ९० पैसा र बिक्रीदर १५३ रुपियाँ ५० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७८ रुपियाँ ३५ पैसा र बिक्रीदर १७९ रुपियाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपियाँ ४६ पैसा र बिक्रीदर २०९ रुपियाँ २८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपियाँ ५७ पैसा र बिक्रीदर १९१ रुपियाँ ३१ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपियाँ ५५ पैसा र बिक्रीदर १०९ रुपियाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपियाँ ५३ पैसा र बिक्रीदर ११० रुपियाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ ३६ पैसा र बिक्रीदर १२० रुपियाँ ८३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ६० पैसा र बिक्रीदर नौ रुपियाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ७४ पैसा र बिक्रीदर २२ रुपियाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७२ पैसा र बिक्रीदर ४० रुपियाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ९४ पैसा र बिक्रीदर ४२ रुपियाँ ११ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६८ पैसा र बिक्रीदर चार रुपियाँ ७० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ६३ पैसा र बिक्रीदर ४१ रुपियाँ ७९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ८२ पैसा र बिक्रीदर ३७ रुपियाँ ९७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ०६ पैसा र बिक्रीदर ११ रुपियाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ ११ पैसा र बिक्रीदर १६ रुपियाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ८६ पैसा र बिक्रीदर २३ रुपियाँ ९५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ५१ पैसा र बिक्रीदर १९ रुपियाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपियाँ ४५ पैसा र बिक्रीदर ५०० रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपियाँ ५४ पैसा बिक्रीदर ४०७ रुपियाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपियाँ १६ पैसा र बिक्रीदर ३९८ रुपियाँ ७२ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्