डायस्पोरा

रमेश प्रसाद निरौला अध्यक्ष रहेको नेपाली व्यवसायी संघ स्पेन गठन

दिनेश गिरी, बार्सिलोना । स्पेनमा बसेर आर्थिक समृद्धिको सम्भावना खोजिरहेका साना व्यावसाय गरिरहेका नेपाली समुदायले रमेश प्रसाद निरौला अध्यक्ष रहेको नेपाली व्यवसायी संघ स्पेन गठन गरेका छन् ।

बेल्जियमबाट सुरुआत भएको नेपाली व्यवसायीहरूको यो अभियान आज युरोपका अन्य देशहरुमा पनि विस्तार भैरहेको छ । स्पेनमा पनि साना व्यावसाय गरिरहेका नेपाली समुदायले लामो छलफल, समन्वय र प्रयासपछि बिहिबार ११ सदस्य नेपाली व्यवसायी संघ स्पेन गठन गरेका हुन् ।

नेपाली व्यवसायी संघ स्पेनको उपाध्यक्षमा मुकुन्द लामिछाने र शितल भुर्तेल भुसाल, महासचिवमा कृष्ण प्रसाद मरासिनी, कोषाध्यक्षमा किरण चालिसे शर्मा (प्रकाश) र सदस्यहरूमा दिनेश गिरि, शिवराज सिग्देल, हिमलाल गौतम, दुर्गा आचार्य, पुजन तिमल्सिना, यम प्रसाद गुरुङ र शिब प्रसाद भट्टराई रहेका छन् ।

नेपाली व्यवसायी संघ स्पेनका अनुसार आगामी दिनमा स्पेनका विभिन्न क्षेत्र तथा प्रमुख शहरहरूमा रहेका नेपाली व्यवसायीहरूलाई समेट्दै समावेशी, सन्तुलित र क्षेत्रगत प्रतिनिधित्व सहितको थप व्यवस्थित कार्यसमिति निर्माण गर्ने उद्धेश्य रहेको छ।

नव गठित नेपाली व्यवसायी संघका अध्यक्ष रमेश प्रसाद निरौलाले दिएको जानकारी अनुसार स्पेनमा विभिन्न क्षेत्रमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरूलाई एउटै साझा मञ्चमा जोड्दै आपसी सहयोग, अनुभव र अवसरको आदानप्रदान, व्यवसायिक हकहितको संरक्षण तथा नेपाली समुदायको आर्थिक एवं सामाजिक उन्नतिमा केन्द्रित रहने जानकारी दिएका छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्