नेपाल
लगातारको बर्षाले नारायणी नदीमा पानीको सतह बढ्दै
नवलपरासी । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको सतह ह्वात्तै बढेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमवार राती साढे ९ बजे नारायणी फिल्ड अफिस जलमापन केन्द्रमा २ सय २७ मिलिलिटर वर्षा भएको छ । त्यसैगरि पूर्वी नवलपरासीको दुम्कीवास क्षेत्रमा १९१ मिलिलिटर वर्षा भएको छ । बाढीका यी सबै मापन यो वर्षको सबैभन्दा धेरै हो ।
नारायणी नदीमा पानीको बहाब बढ्दै गएपछि नदी आसपासको क्षेत्रमा सतर्कता अपनाउन स्थानीय बासिन्दालाई जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ ।
नारायणी नदीको गैँडाकोटदेखि त्रिवेणीधाम सम्मको झन्डै ६० किलोमिटर क्षेत्र आसपासमा नारायणी नदी किनारका बस्तीमा सतर्कता अपनाउन पर्ने अवस्था छ ।
नारायणी नदीमा प्रत्येक बर्ष आउने बाढी बस्तीमा पस्दा सुस्तामा केही वडा जलमग्न हुने गरेका छन् ।