राजनीति

संसद्मा उत्पन्न परिस्थिति जाँचबुझ समितिको प्रतिवेदन कार्यान्वयनका गर्न सभामुखको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिको जाँचबुझ गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउन सभामुख डोलप्रसाद अर्यालले संसद् सचिवालयलाई निर्देशन दिनुभएको छ । 

सभामुख अर्यालले प्रतिवेदन अध्ययनपश्चात् आवश्यक कार्यान्वयनका लागि सचिवालयलाई प्राप्त भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सभामुख अर्यालले जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिको जाँचबुझ गर्न ७ दिनको समयसिमा दिएर जेठ १८ गते प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन गर्नुभएको थियो ।

समितिले गत जेठ २५ गते सभामुखलाई प्रतिवेदन पेस गरेको संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव गिरीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्