एक्सक्लुसीभ

झापा–५ को प्रारम्भिक मतगणनामा बालेन्द्र शाह अगाडि, केपी शर्मा ओली दोस्रो

झापा । बहुप्रतीक्षित झापा निर्वाचन क्षेत्र नम्बर–५ को प्रारम्भिक मतगणनाको नतिजा सार्वजनिक भएको छ। प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहले अग्रता लिनुभएकाे छ।

हालसम्म १ हजार ४०० मत गणना हुँदा शाहले ८१४ मत प्राप्त गर्नुभएकाे छ। त्यस्तै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत प्राप्त गर्नुभएकाे छ।

झापा–५ यसपटकको निर्वाचनमा सबैभन्दा धेरै चासोको केन्द्र बनेको क्षेत्र मानिएको छ। प्रमुख दलका शीर्ष नेताबीच प्रतिस्पर्धा भएकाले यहाँको मतगणनालाई विशेष रूपमा हेरिएको छ।

पाँच निर्वाचन क्षेत्र रहेको झापामा जारी मतगणनाका थप परिणाम क्रमशः सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.