इमिग्रेशन अपडेट

सरकारी बन्दको समयमा पनि आइसद्वारा गैरकानूनी आप्रवासी पक्राउ अभियान जारी

वासिङ्टन । सरकार बन्दको समयमा पनि अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आइसले) ले देशभरि बालबालिकाको यौन दुर्व्यवहार, हत्या, आक्रमण, खतरनाक हतियार प्रयोग गरी घरेलु दुर्व्यवहार, लागूपदार्थको तस्करीको प्रयास र चोरीको आरोपमा दोषी ठहरिएका आपराधि आरोपित गैरकानूनी आप्रवासीहरू पक्राउ गर्ने अभियान जारी राखेको छ ।

सहायक सचिव ट्रिसिया म्याकलफ्लिनले भनिन्, ‘सरकार बन्द भएको यो अवधिमा अधिकारीहरूले तलब नपाएको र उनीहरू विरुद्धको आक्रमणमा १०००% भन्दा बढी वृद्धि भए पनि आपराधिक गैरकानूनी आप्रवासीहरूलाई पक्राउ गर्ने अभियान जारि राखेका छन्। हिजो मात्र, डिएचएसले बाल यौन अपराध, आक्रमण, घरेलु दुर्व्यवहार, हत्या, लागूपदार्थको तस्करी र चोरीमा दोषी ठहरिएका आपराधिक गैरकानूनी आप्रवासीहरूलाई पक्राउ गरेको छ।’

सोमबार पक्राउ परेका आपराधि आरोपित गैरकानूनी आप्रवासीहरूमा जोस अल्बर्टो हर्नान्डेज-अल्भाराडो, मेक्सिको, केमार ह्यामिल्टन, जमैका, वालिद सौलमिया, अल्जेरिया, ह्युगो मार्टिनेज-जेम्स, मेक्सिको र विलियम सिएरा-गेलेनो, कोलम्बिया रहेका छन् । पक्राउ परेका अधिकांस हिस्पानिक समुदयाका सदस्य रहेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्