एक्सक्लुसीभ

प्रतिनिधिसभा विघटनप्रति आठ दलको असन्तुष्टि, समस्याको समाधान संविधानभित्रबाटै खोजिनुपर्नेमा जोड

काठमाडौँ । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका आठ राजनीतिक दलले लोकतान्त्रिक एवं कानुनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र प्रचलित कानुन बमोजिम हुनुपर्नेमा जोड दिएका छन् ।

आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ती दलले सबै निकाय संविधान र कानुनअनुसार सञ्चालन हुनुपर्ने बताएका हुन् । संविधानसभाबाट जारी भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान विपरीतका कदम अस्वीकार्य हुने बताउँदै आठ दलले प्रतिनिधिसभा विघटन गरिएकामा असहमति जनाएका छन् ।

संवैधानिक सर्वोच्चता कायम हुनुपर्नेमा जोड दिँदै नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक र नागरिक उन्मुक्ति पार्टीका अध्यक्षले हस्ताक्षर जारी गरेको विज्ञप्तिमा संसद् विघटनको निर्णय सच्याउन माग गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्