नेपाल

उपत्यकासहित अधिकांश स्थानमा वर्षा, मधेशमा हल्का मात्रै

काठमाडौँ । सुख्खा र खडेरीको मारमा परिरहेको मधेश प्रदेशका जिल्लामा अझै पर्याप्त पानी पर्न सकेको छैन ।
सोमबार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा वर्षा गइरहेपनि मधेशमा भने पर्याप्त वर्षा हुन सकेको छैन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले आइतबार राति सप्तरी, रौतहट र पर्सा जिल्लाको केही स्थानमा वर्षा भएको जानकारी दिनुभयो । उहाँले अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा कम वर्षा भएको बताउनुभयो ।

मौसमविद् दाहालले भन्नुभयो, ‘‘आइतबार रातिदेखि सप्तरी, रौतहट र पर्सा जिल्लाको केही स्थानमा वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन भएको छ । यद्यपि, मधेशमा अझै केहीदिन भारी वर्षा हुने सम्भावना छौँ । ’’

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको नुर्पु गाउँमा १२३.४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आइतबार रातिदेखि काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरुमा पनि लगातार पानी परिरहेको छ । नुवाकोटको पानसय खोला वर्षा मापन केन्द्रमा ८५.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

काठमाडौँको पानीपोखरीमा ६५ मिलिमिटर, कपनमा ३६, सुन्दरीजलमा ३०, चन्द्रागिरिमा २३, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २२ र बबरमहलमा १९.६ मिलिमिटर वर्षा मापन भएको छ ।

यसैगरी, भक्तपुरमा १८ मिलिमिटर, ललितपुरको टिकाथलीमा १८, खुमलटारमा १६.४, लेलेमा १३.८ र गोदावरीमा १३.४ मिलिमिटर वर्षा भएको छ ।

अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपान अवस्थित छ । तर बंगालको खाडीबाट आएको जलवाष्युक्त वायुले वर्षा गराइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्