डायस्पोरा

बेलायतको मुलधारमा सामाजिकीकरण र मातृभूमिसंग जोड्ने थलो एनआरएनए बन्नु पर्छ: बिनु लामिछाने

लन्डन । गैर आवाशीय नेपाली अभियान विभाजित बनिरहेको बेला दोस्रो पुस्ताको प्रतिनिधिका रुपमा एनआरएनए यूकेको महिला संयोजकमा निर्विरोध निर्वाचित बिनु लामिछानेले डाएसपोराको नेपालीको साझा र एकत्रित अभियानमा आफ्नो आवाज मुखरित हुने बताएकी छिन् ।

बेलायतमा रहेको गोर्खा समुदाय र जनजाती समुदायलाई उपेक्षा गरेर गैर आवाशीय नेपाली अभियान सफल नहुने बताउदै नेपालको प्रमुख राजनीतिक दलको स्वार्थमा डाएसपोरा विभाजित हुन नहुने उनको भनाई रहेको छ।

सिंगो समुदाय राजनीतिक कारण अभियानसंग असन्तुष्ट रहेको बेला आफु संघको नेतृत्वमा सर्वसम्मत चुनिएको तर चुनौतीपूर्ण रहेको बताउदै उनले भनेकी छिन्, ‘नेपालमा अहिले सत्ता चलाउने राजनीतिक दलका निकटहरुनै गैर आवाशीय नेपाली अभियानमा नेतृत्वको होडबाजी गरिरहेका छन् तर जन्मसिद्ध नेपाली नागरिकता खोसिएको छ ।

‘नेपालको संबिधानले दिएको गैर आवाशीय नेपाली नागरिकता समेत निकम्मा सावित भएको छ । यी र यस्ता डाएसपोराको साझा मुद्धामा संघको आवाज मुखरित हुनु पर्छ । मेरो कार्यकाल यिनै मुद्धामा केन्द्रित हुनेछ ।’

उनले जोड दिएर भनिन्, ‘बेलायतमा दोस्रो पुस्ताको नेपाल हुर्की सकेको छ । उनीहरुलाई बेलायतको मुलधारमा सामाजिकीकरण र मातृभूमि संग जोड्ने थलो एनआरएनए बन्नु पर्छ ।’

मिसेस युनिभर्स डिभाइन २०१९ को उपाधिबाट सम्मानित भैसकेकी बिनु नेपलिज नर्सिङ एसोसिएसन यूके मार्फत पनि बेलायतको नेपाली समुदाय संग जोडिएकी थिइन् ।

व्यवसायी बिनु मिसेस युनिभर्स प्रतियोगिता जस्तो विश्वव्यापी मञ्चमा नेपाली समुदायको प्रतिनिधित्व गर्दै मिसेस युनिभर्स डिभाइन २०१९ को उपाधिबाट समेत सम्मानित भएकी थिइन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्