खेलकुद

फिफा क्लब विश्वकप : उपाधिका लागि पिएसजी र चेल्सी भिड्ने

काठमाडौँ । फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पिएसजी) र इङ्लिस जाइन्ट किलर चेल्सीबिच फिफा क्लब विश्वकपको फाइनल भिडन्त हुने भएको छ ।

अमेरिकामा जारी प्रतियोगितामा बुधबार राति पिएसजीले स्पेनिस च्याम्पियन रियल म्याड्रिडलाई ४–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

न्युजर्सीस्थित मेटलाइफ रङ्गशालामा पिएसजीले पहिलो हाफमा तीन र दोस्रो हाफमा एक गोल गरेको थियो । पिएसजीलाई जिताउन फाबियन रुइजले दुई तथा ओसामान डेम्बेले र गोन्सालो रामोसले एक एक गोल गर्नुभयो ।

पिएसजीविरुद्ध गोल फर्काउने रियलको योजना सफल भएन । फाइनल खेल आइतबार हुनेछ । चेल्सीले यसअघिनै ब्राजिलियन क्लब फ्लुमिनेन्स एफसीलाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाईसकेको छ ।

न्युजर्सीमै हुने फाइनल खेल हेर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि रङ्गशाला जानुहुने बताइएको छ । अमेरिका आगामी वर्ष हुने विश्वकपको आयोजक देश पनि हो ।

आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा फिफा विश्वकप आयोजना गर्दैछन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्