राजनीति
अदालतले न्याय दिन्छ भन्नेमा विश्वस्त छु : कांग्रेस पूर्व सभापति देउवा
बागलुङ । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा अदालतले न्याय दिने विश्वास व्यक्त गर्नुभएको छ।
नेपाली कांग्रेसको नियमित पक्षधरले आयोजना गरेको बागलुङ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको भन्दै न्यायालयप्रति विश्वास व्यक्त गर्नुभएको हो।
उहाँले विगतमा राणा शासन तथा राजाको शासनकालमा समेत आफूले अदालतबाट न्याय पाएको स्मरण गर्दै यस पटक पनि न्याय पाउने विश्वास रहेको बताउनुभयो। “हिजो राणा र राजाको पालामा पनि मलाई अदालतले न्याय दिएको थियो। यो पटक पनि न्याय दिन्छ भन्ने मलाई विश्वास छ” देउवाले भन्नुभयो ।
पार्टीको आधिकारिकता विवाद न्यायालयमा पुगेको उल्लेख गर्दै उहाँले अदालतले आफ्नो पक्षमा न्याय गर्ने विश्वास व्यक्त गर्नुभयो ।