क्यालिफोर्निया

गभर्नर न्युसमद्वारा क्यालिफोर्नियको विभिन्न काउन्टी उच्च अदालतहरुमा न्यायाधीशहरु नियुक्त

गभर्नर न्युसमद्वारा क्यालिफोर्नियको सवै राजनीतिक र न्यायिक नियुक्तिमा आफु निकटलाई चयन गरेकाले नवनिर्वाचित गभर्नर जेभियर बेसेराको कार्यकाल न्युसमको कठपुतली सरकार हुने देखिन्छ।

पुरुषोत्तम ढकाल, लस एन्जलस। गभर्नर न्युसमद्वारा क्यालिफोर्नियका काउन्टी उच्च अदालतहरुमा न्यायाधीशहरु नियुक्त गरेका छन्। बुधबार गभर्नर न्युसमले काउन्टी उच्च अदालतहरुमा २२ जना न्यायाधीशहरु नियुक्त गरेको घोषणा गरेका हुन्।

अलामेडा काउन्टीका जेसी बासबमलाई अलामेडा काउन्टी सुपेरियर कोर्ट, फ्रेस्नो काउन्टीका डेभिड ओल्मोसलाई फ्रेस्नो काउन्टी सुपेरियर कोर्ट,लस एन्जलस काउन्टीकी नोएल ब्राउन एडम्सलाई लस एन्जलस काउन्टी सुपेरियर कोर्ट, लस एन्जलस काउन्टीका एडवर्ड हानलाई लस एन्जलस काउन्टी सुपेरियर कोर्ट, लस एन्जलस काउन्टीकी क्रिस्टेन विलियम्सलाई लस एन्जलस काउन्टी सुपेरियर कोर्ट,लस एन्जलस काउन्टीकी रेबेका गुडरिचलाई लस एन्जलस काउन्टी सुपेरियर कोर्ट र सोनोमा काउन्टीका जोसेफ स्टोग्नरलाई मेन्डोसिनो काउन्टी सुपेरियर कोर्टमा न्यायाधीशका रूपमा नियुक्त गरिएको छ।

यसका अतिरिक्त लस एन्जलस काउन्टीकी ब्रेन्डा प्यानल-न्याशलाई मर्सिड काउन्टी सुपेरियर कोर्ट, ओरेन्ज काउन्टीका एडी फ्लोरेसलाई ओरेन्ज काउन्टी सुपेरियर कोर्ट, योलो काउन्टीकी मिशेल बेकविथलाई स्याक्रामेन्टो काउन्टी सुपेरियर कोर्ट, प्लेसर काउन्टीकी ज्यास्मिन टर्नर-बोन्डलाई स्याक्रामेन्टो काउन्टी सुपेरियर कोर्ट, स्याक्रामेन्टो काउन्टीका म्याथ्यु लीलाई स्याक्रामेन्टो काउन्टी सुपेरियर कोर्ट, स्याक्रामेन्टो काउन्टीकी एलिसिया हार्टलीलाई स्याक्रामेन्टो काउन्टी सुपेरियर कोर्टमा न्यायाधीशका रूपमा नियुक्त गरिएको छ।

यसैगरी उच्च अदालतहरुमा नियुक्त न्यायाधीशहरुमा योलो काउन्टीकी मिशेल बेकविथलाई स्याक्रामेन्टो काउन्टी सुपेरियर कोर्ट, प्लेसर काउन्टीकी जस्मिन टर्नर-बन्डलाई साक्रामेन्टो काउन्टी सुपीरियर कोर्ट, स्याक्रामेन्टो काउन्टीका म्याथ्यु लीलाई स्याक्रामेन्टो काउन्टी सुपेरियर कोर्ट, स्याक्रामेन्टो काउन्टीकी एलिसिया हार्टलीलाई स्याक्रामेन्टो काउन्टी सुपेरियर कोर्ट र सान बर्नार्डिनो काउन्टीकी लरेल होएनलाई सान बर्नार्डिनो काउन्टी सुपेरियर कोर्ट र ओरेन्ज काउन्टीका एडी फ्लोरेसलाई ओरेन्ज काउन्टी सुपेरियर कोर्टमा न्यायाधीशका रूपमा नियुक्त गरिएको छ। ।

उच्च अदालतमा नियुक्ति पाउने न्यायाधीशहरुमा सान डिएगो काउन्टीकी मारिया डियाजलाई सान डिएगो काउन्टी सुपेरियर कोर्ट, सान होआकिन काउन्टीका केरी क्रुगरलाई सान होआकिन काउन्टी सुपेरियर कोर्ट,सान माटेओका टिमोथी इलियटलाई सान माटेओ काउन्टी सुपेरियर कोर्ट र सान माटेओ काउन्टीका थोमस स्प्राङ्कलिंगलाई सान्ता क्लारा काउन्टी सुपीरियर कोर्ट चयन गरिएको छ।

उच्च अदालतमा नियुक्ति पाउने थप न्यायाधीशहरुमा फ्रेस्नो काउन्टीका बायरन बिबीलाई स्टानिस्लस काउन्टी सुपेरियर कोर्ट, भेन्चुरा काउन्टीका फिलिप बोनोलीलाई भेन्चुरा काउन्टी सुपेरियर कोर्ट, लस एन्जलस काउन्टीकी एन माउररलाई लस एन्जलस काउन्टी सुपेरियर कोर्ट,प्लेसर काउन्टीका हिथ ल्याङ्ललाई स्याक्रामेन्टो काउन्टी सुपेरियर कोर्टमा न्यायाधीशका रूपमा अन्तरिम नियुक्तिका लागि चयन गरिएको छ।

गभर्नर न्युसमद्वारा क्यालिफोर्नियको सवै राजनीतिक र न्यायिक नियुक्तिमा आफु निकटलाई चयन गरेकाले नवनिर्वाचित गभर्नर जेभियर बेसेराको कार्यकाल न्युसमको कठपुतली सरकार हुने देखिन्छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्