नेपाल

पोखरा–जोमसोम हवाई उडान पाँच महिनाका लागि स्थगित

मुस्ताङ । निजी वायुसेवा कम्पनीका ट्विनअटर विमान नियमित मर्मत र यात्रुको चाप घटेका कारण पोखरा–जोमसोम नियमित हवाई सेवा पाँच महिनाका लागि स्थगित गरिएको छ ।

पोखराबाट जोमसोमका लागि नियमित उडान गर्दै आइरहेको निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्स, समिट एअरलाइन्सले पर्यटकको सिजनमै नियमित उडान स्थगित गरेका हुन् ।

विगतका बर्षमा कात्तिक महिनासम्म नियमित सञ्चालन हुने हवाई सेवा यसबर्ष विमानमा खराबी, नियमित मर्मत तथा अन्य हिमाली जिल्लामा रहेका विमानस्थलमा पर्यटकको चापले सेवा प्रभावित भएको छ ।

नेपालमा निजी विमान कम्पनीसँग ट्विनअटर विमानको संख्या कम छ । जोमसोम विमानस्थलका प्रमुख विश्वराज शर्माले तारा र सोमबारदेखि समिट एयरलाइन्सको नियमित हवाई उडान सेवा बन्द गरेको बताउनुभयो । विमानस्थल प्रमुख शर्माले भन्नुभयो, ‘‘नियमित उडान तालिका स्थगित गरिएको छ, चार्टरलाई नियमित गर्ने सूचना छ ।’’

विमानस्थल प्रमुख शर्माका अनुसार लुक्ला लगायत अन्य हिमाली जिल्लामा पर्यटकको चाप धेरै भए पनि मुस्ताङमा बाढीपहिरोका कारण अन्तर्राष्ट्रि«य स्तरमा गलत सन्देश प्रवाहका कारण सिजनमा यात्रुको चाप घटेको थियो । कात्तिक महिनादेखि फागुनसम्म हुस्सु, हिमपातसहित बर्खाको समयमा वर्षाका कारण दृश्य क्षमता (भिजिबिलिटी) कम हुदाँ असारदेखि असोज महिनासम्म स्थगित हुन्छ ।

नियमित उडान करिब ४ महिना मात्रै हुने गरेको छ । हवाईमार्गबाट अधिकांश भारतीय, तेस्रो देशमा पर्यटक आउने गर्दछन् । अत्यधिक हावाहुरी चल्ने तथा मौसम प्रतिकुलजस्ता कारणले पोखरा–जोमसोम हरेक दिन बिहान ११ बजेसम्म दुवै एअरलाइन्सले बढीमा दैनिक पाँच–पाँच वटा मात्रै उडान भर्दैआएका थिए ।

मुस्ताङका धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा नियमित हेलिकप्टरमा पर्यटक आउने गरेका छन् । उपल्लो मुस्ताङमा रहेको धार्मिकस्थल दामोदर कुण्ड क्षेत्रको भ्रमणमा जाने पर्यटक बोकेको हेलिकप्टरमा अनिवार्य एक सुरक्षा निकायका प्रतिनिधि हुने ब्यवस्था छ ।

नीजि कम्पनी बाहेक नेपाली सेनाले आफ्नो सामान ढुवानीसहित चार्टर उडान समेत गर्ने गरेको छ । कालिगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मात्रै हवाईयात्रुको चाप बढ्छ । अन्य समयमा घटेका कारण निजी वायुसेवा कम्पनीले चाप हुने अन्यत्र बिमान पठाउने गरेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्