नेपाल

नुवाकोट र धादिङका बाढीपीडितका लागि १६ स्थानमा अस्थायी आवास निर्माण

काठमाडौँ । सरकारले बाढीबाट घरबारविहीन भएका पीडितहरूका लागि धादिङ र नुवाकोटमा अस्थायी आवास स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला प्रशासन कार्यालय धादिङले विभिन्न स्थानमा अस्थायी आवास निर्माण गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार विदुर–७ तुप्चेस्थित पुस्तकालय (२०० जनाको क्षमता), विदुर–१ त्रिशूली ढुङ्गे क्षेत्र र विदुर–४ सिमचौरका लागि बालमन्दिरमा (१०० जनाको क्षमता), विदुर–५ देवीघाटस्थित आयुर्वेद वैकल्पिक चिकित्सालयमा (३०० जनाको क्षमता) को अस्थायी आवास निर्माण गरिएको छ ।

साथै विदुर–१० बेत्रावती भैँसे क्षेत्रस्थित सुन्दरी क्यौरिनी मावि (२०० जनाको क्षमता), विदुर–१ त्रिशूली बजार क्षेत्रको कोलनी कवर्डहल (३०० जनाको क्षमता), विदुर–३ देवीघाट सिटखाली क्षेत्रमा रहेको रणभुवनेश्वरी मावि (२०० जनाको क्षमता) र बेलकोटगढी नगरपालिकाको रातमाटे जिलिङ क्षेत्रको महादेव मावि (२०० जनाको क्षमता)मा अस्थायी आवास निर्माण गरिएको छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालयका धादिङका अनुसार गल्छी गाउँपालिका–६ महेशदोभानदेखि बैरेनी अस्पतालसम्मका प्रभावितलाई नमूना बागेश्वर मावि (१०० जनाको क्षमता), गल्छी गाप–७ डल्टारस्थित नमूना वागीश्वरी क्याम्पसमा (१०० जनाको क्षमता) को अस्थायी आवास निर्माण गरिएको छ । साथै धादिङको गजुरी गाउँपालिका–१ स्थित आदर्श मावि गजुरी (२०० जनाको क्षमता), गजुरी गाप–५ स्थित सरस्वती मावि कर्कली गजुरीमा (१०० जनाको क्षमता), गजुरी गाप–२ स्थित छोयले गुम्बामा (५० जनाको क्षमता), गजुरी गाप–६ स्थित केदारेश्वर सादना केन्द्रमा (१०० जनाको क्षमता)को अस्थायी आवास निर्माण गरिएको छ ।

कार्यालयका अनुसार बेनीघाट रोराङ–३ स्थित वागीश्वरी मावि (२०० जनाको क्षमता), बेनीघाट रोराङ–५ चन्द्रद्वय मावि (२०० जनाको क्षमता) र बेनीघाट रोराङ–९ स्थित शङ्खादेवी मावि (१५० जनाको क्षमता)मा अस्थायी आवास निर्माण गरिएको छ । प्रहरीले अन्य जिल्लामा स्थापना गरिएको अस्थायी आवासको विवरण सङ्कलन भइरहेको जनाएको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्