खेलकुद
नेपाली फुटबल लिग फागुन १ गतेदेखि
काठमाडौं । नेपाली फुटबल लिग (एनएफएल) फागुन १ गतेदेखि हुने भएको छ। पहिलो संस्करणमा घरेलु फुटबलका पुराना ७ क्लबसहित थप गरिने नयाँ टिमहरूले प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी एफसी र झापा एफसी घरेलु फुटबलका पुरानै क्लब हुन् ।
रंगशालाको उपलब्धता अनुरुप एनएफएलमा होम एन्ड अवेको आधारमा खेल सञ्चालन गरिने छ। तयारी अवधिसहित हिसाब गरी एनएफएल ४ महिना चल्नेछ । यसले देशव्यापी रुपमा फुटबलको माहोल सिर्जना गर्ने आयोजक एनएफएलले जनाएको छ।
प्रतियोगिता निश्पक्ष ढंगले सञ्चालन गर्नको लागि बेग्लै इन्डिपेन्डेन्ट कमिटी बनाइने एनएफएलका चेयरम्यान कल्याण गुरुङले बताए।