विश्व गोजुरियो करातेमा नेपाल चौथो
काठमाडौं। नेपाल आठौं डब्लुजीकेएफ विश्व गोजुरियो कराते च्याम्पियनसिपमा चौथो भएको छ । भारतको पुनेमा भएको प्रतियोगितामा नेपालले ८ स्वर्ण, ९ रजत र ८ कांस्य जितेको प्रतियोगतामा रेफ्रीका रुपमा सहभागी रवि शाहीले जनाएका छन् ।
विवेक शाही, मनीषा मगर, सन्ध्या श्रेष्ठ, राधिका धामी, दिपसन सापकोटा, सलिना तामाङ र सविर श्रेष्ठ डंगोलले नेपाललाई स्वर्ण दिलाए । दिप्सनले दोहोरो स्वर्ण जिते ।
अन्भी शाही, वान्स श्रेष्ठ, परास बडिला, जनक सार्की, मनीषा तामाङ, राजवीर राउत, वर्षा केसी, अनमोल रम्तेल र विजय बुढाले रजत हात पारे ।
अन्भी शाही, आशिका विक, चेलिफुङ लिम्बू, सुविता गौतम र रितु थापाले कांस्य प्राप्त गरे । सुविता र रितुले दोहोरो रजत जिते । मिक्स टिम कातामा दिप्सन सापकोटा, बन्दना तामाङ र यनोज महर्जनले पनि कांस्य जिते ।
प्रतियोगतामा भारत ४१ स्वर्णसहित पहिलो, दक्षिण अफ्रिका २९ स्वर्णसाथ दोश्रो र चेकिया २१ स्वर्णसाथ तेश्रो भए । निर्णायक शाहीका अनुसार प्रतियोगिताको अर्को संस्करण जर्मनीमा २०२८ मा हुनेछ ।