नेपाल

पृथ्वी राजमार्गमा आज रातिदेखि आंशिक रूपमा सञ्चालनमा आउने 

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै गलौदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि अवरुद्ध भएको यातायात आज रातिदेखि आंशिक रूपमा सञ्चालनमा आउने भएको छ।

सडक विभागका अनुसार सडकको भित्तापट्टिको भाग कटान गरी सडक विस्तार गर्ने काम तीव्र गतिमा भइरहेको छ। आज राति ९ः०० बजेदेखि एकतर्फी सवारी आवागमन सञ्चालन गर्ने तयारी गरिएको विभागले जनाएको छ।

भोलि बिहान ७ बजेदेखि दुईतर्फी सवारी सञ्चालनका लागि आवश्यक सडक विस्तारको काम सुरु गरिनेछ। मौसम तथा अन्य परिस्थिति सामान्य रहेमा भोलि साँझ ६ बजेसम्म सडक विस्तारको काम सम्पन्न गरी दुईतर्फी सवारी आवागमन सञ्चालन गर्ने लक्ष्य राखिएको विभागले जनाएको छ।

सडक विभागले उपलब्ध जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी सडक यथाशीघ्र सुरक्षित रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ।

सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म अनावश्यक यात्रा नगर्न तथा सम्बन्धित निकायले जारी गर्ने सूचना र ट्राफिक व्यवस्थापनसम्बन्धी निर्देशन पालना गर्न विभागले यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्