मङ्गलबार केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले मङ्गलबार कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने जनाएको छ ।
सो दिन बाँकी हिमाली भूभाग तथा देशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा, देशका बाँकी हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना छ ।
विभागका अनुसार हाल देशका पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।
यसैगरी, बुधबार देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्तया सफा रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक, दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।