खेलकुद

दसौं राष्ट्रिय खेलकुदको तयारी तीव्र

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको तयारीलाई तीव्र गतिमा अगाडि बढाइ रहेको छ । राखेपले दसौं राष्ट्रिय खेलकुदलाई प्रभावकारी रुपमा सम्पन्न गर्ने सन्दर्भमा सरोकारवालसंग बिहीबार छलफल गरेको छ ।

राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्दी व्यञ्जनकार, राखेप कार्यकारी समितिका सदस्य, राखेपका बोर्ड सदस्यलगायतको उपस्थितिमा भएको बैठकमा तयारीलगायत विविध पक्षमा छलफल भएको थियो ।

दसौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३२ खेलका राष्ट्रिय संघका पदाधिकारी, विषयगत उपसमितिका संयोजकसहित सचिव तथा विषयगत उपसमितिका सचिवसंग छलफल भएको थियो । दसौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म हुनेछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्