डायस्पोरा

न्यु ह्याम्पशायरमा डोलराज पोख्रेललाई २५ हजार डलरको चिठ्ठा

न्यु ह्याम्पशायर । ऋषिङ गाउँपालिका ५, राम्जाकोट तनहुँ स्थायी निवासी हाल अमेरिकाको न्यु ह्याम्पशायरमा वस्दै आउनुभएका डोलराज पोख्रेलले २५ हजार अमेरिकी डलरको चिठ्ठा जित्नु भएको छ ।

व्यावसायिक लोट्री (चिठ्ठा) मा उहाँले सो रकम जित्न सफल हुनुभएको हो । त्यसको नेपाली रुपियाँ करिब ३७ लाख ७५ हजार हुन्छ । अमेरिकाको एक व्यावसायिक पसलमा जागिर गर्दै आउनुभएका पोखरेलले अमेरिकाको सरकारी निकायबाट अनुमति लिइ खेलिने चिठ्ठा कार्यक्रममा विदाको समयमा सो चिठ्ठा खेल्नुभएको बताउनुभयो । उहाँलाई नियमितजसो दुई चार हजारका दरले चिठ्ठा परिरहँदा साथीभाइहरुले भाग्यमानीको रुपमा हेर्ने गरेका थिए ।

भाग्यमानी रहेको भन्दै साथीभाइले सुझाव दिँदा आफूले सो चिठ्ठा खेलेको र जित निकालेको उहाँको भनाइ छ । आफूलाई चिठ्ठा परेपछि साथीभाइले बधाई र शुभकामना दिइरहनुभएको उहाँले सुनाउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्