खेलकुद

अस्ट्रेलियामा जारी टी ट्वान्टी क्रिकेटमा नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

काठमाडौँ। अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल ‘ए’ घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग पराजित भएको छ । अष्ट्रेलियाको मारारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको हो ।

नेपाल एले जितका लागि दिएको १२३ रनको लक्ष्य पच्छाएको नर्दन टेरिटोरी स्ट्राइकले १५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नर्दन टेरिटोरी स्ट्राइकले सुरुआतदेखि आक्रामक ब्याटिङ गरेको थियो । डाउट्जी होगेनबोजमले अविजित सर्वाधिक ५० रनको योगदान दिए भने जोर्डन सिल्कले अविजित ४२, कप्तान डार्सी सर्टले २३ रनको योगदान दिए ।

नेपाल एका पवन सर्राफले तीन ओभरमा १३ रन खर्चेर दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२२ रनको योगफल बनाएको थियो । नेपालका लागि पवन सर्राफले ४९ बलमा तीन चौका र एक छक्काको सहयोगमा सर्वाधिक ४१ रन बनाए ।

लोकेश बमले १३ बलमा एक चौका र एक छक्कासहित १६, नारायण जोशीले आठ बलमा एक चौका र एक छक्कासहित १५, कप्तान अनिल साहले नौ बलमा एक चौका र एक छक्कासहित १४ र तृतराज दासले नौ बलमा दुई चौकासहित १३ रन बनाए । राशिद खानले १० तथा कुशल मल्लले नौ रन बनाए । नेपालका ओपनर कुशल भुर्तेल पाँच बल खेल्दै खाता खोल्न नपाई आउट भए भने शाहब आलम र रिजान ढकाल शून्यमा अविजित रहे ।

यता नर्दन टेरिटोरी स्ट्राइकका लागि हमिस मार्टिनले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । त्यस्तै टम मेन्जिज, साम बार्कर, विलियम ब्लेयर र डार्सी सर्टले समान एक-एक विकेट लिए । नेपाल एले शनिबार बङ्गलादेशको ‘ए’ टोलीसँग खेल्नेछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्