‘रक यात्रा’ युरोप टुरको उद्घाटन कन्सर्टमा पोर्चुगलमा गुञ्जियो १९७४ एडी
पोर्चुगल । नेपाली रक ब्यान्ड १९७४ एडी ले पहिलोपटक पोर्चुगलमा साङ्गीतिक प्रस्तुति दिएको छ । ‘रक यात्रा’ युरोप टुरको उद्घाटन कन्सर्टका रूपमा लिस्बनमा आयोजित कार्यक्रममा करिब १५ सयभन्दा बढी दर्शक सहभागी भएका थिए।
‘पोर्चुगलमा १९७४ एडीको यो पहिलो प्रस्तुति हो। पहिलो शोमै एक हजार पाँच सय दर्शकको साथ पाउँदा निकै उत्साहित छौं,’ ब्यान्डका म्यानेजर अनुज कार्कीले भन्नुभयाे । उहाँका अनुसार रक यात्राको उद्देश्य संसारभर छरिएका नेपालीलाई नेपाली सङ्गीतमार्फत् जोड्नु हो । पोर्चुगलबाट सुरू भएको यो यात्रा युरोपका विभिन्न देशसम्म पुग्ने उहाँले बताउनुभयाे ।
पोर्चुगलपछि ब्यान्डले अगस्ट ८ मा डेनमार्क, अगस्ट ९ मा फ्रान्स, अगस्ट १५ मा पोल्यान्ड, अगस्ट २० मा माल्टा र अगस्ट २३ मा बेल्जियममा प्रस्तुति दिने तालिका छ। यस्तै, ‘आइ पपर्स’ को सहकार्यमा १९७४ एडीले युरोपका विभिन्न ठाउँमा सांगीतिक प्रस्तुति दिने बताइएकाे छ ।
हाल ब्यान्डमा निराकार याक्थुम्बा, सञ्जय श्रेष्ठ, एड्रियन प्रधान, फिरोज स्याङ्देन, मनोजकुमार केसी र मनोज सिंह रहेका छन्।