खेलकुद

अन्तर विद्यालय फुटसल प्रतियोगितामा संस्कृति र तेजस्वी सेमिफाइनलमा

काठमाडौं । आयोजक संस्कृति शिक्षा सदन र तेजस्वी एकेडेमी १० औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सेमिफाइनला प्रवेश गरेका छन् ।

टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को वार्षिक कार्यक्रम अनुसार भइरहेको प्रतियोगितामा संस्कृतिले निम्बल एकेडेमीलाई १–० तथा तेजस्वीले पास्कल इन्टरनेसनल एकेडेमीलाई १–० गोलले पराजित गरे ।

तार्केश्वर नगरपालिकाको लोलाङस्थित आयोजक संस्कृतिमै भइरहेको प्रतियोगिताको सिनियर गल्र्समै इडिफाइ इन्टरनेसनल स्कुलले काठमाडौं लिटिल ब्लोसम्सलाई २–० तथा ल्यान्डमार्क एकेडेमीले बेलमोन्ट इन्टरनेसनल स्कुललाई २–० ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगिताको टोप्सका अध्यक्ष भरतमणि पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरे । दोश्रो दिन मंगलबार जुनियर ब्वाइजको खेल हुनेछ ।

अध्यक्ष पोखरेलले प्रतियोगिताले विद्यालयस्तरमा खेलकुद संस्कृतिको विकास, अनुशासन, स्वस्थ प्रतिस्पर्धा तथा नयाँ खेल प्रतिभाको पहिचान र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

संकृति शिक्षा सदनका व्यवस्थापन निर्देशक रबी केसीले विद्यालयस्तरका यस्ता प्रतियोगिताले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

संस्कृती शिक्षा सदनका संयोजक प्रकाश न्यौपानेले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने टोप्स परिवार, सहभागी विद्यालय, खेलाडी, प्रशिक्षक, निर्णायक, शिक्षक, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे । प्रतियोगितामा सिनियर-जुनियर ब्वाइज तथा सिनियर गल्र्समा प्रतिस्पर्धा भइरहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्