राजनीति

त्रासरहित पत्रकारिता गर्ने वातावरण मिलाउन सरकार समक्ष सचेतक परियारको आग्रह

काठमाडौँ ।  सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकार र सञ्चार गृहलाई त्रासरहित वातावरणमा काम गर्न पाउने सुरक्षाको प्रत्याभूति गर्न सरकार समक्ष माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै सचेतक परियारले आफ्नो दल सधैँ लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा चट्टान जस्तै उभिएको प्रष्ट पार्नुभयो ।

उहाँले प्रेस स्वतन्त्रताको प्रतिरक्षाका रुपमा आफ्नो दल उभिएको भए पनि प्रेसले जिम्मेवार पत्रकारिताको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्