राजनीति

रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश बिष्ट निर्वाचित

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश बिष्ट निर्वाचित हुनु भएको छ । निर्वाचन समितिका अनुसार प्रदेश सभापतिमा निर्वाचित बिष्टले ३३८ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिस्पर्धी जनकसिंह धामीले १५४ मत ल्याउनु भएको छ । 

यसअघि  बिष्ट रास्वपा प्रदेश तदर्थ समितिका सभापति रहेका थिए । धामी कनचनपुर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुनुहुन्छ । सभापतिमा निर्वाचित हुन कुल खसेको मतदानको ५१ प्रतिशत मत ल्याउनु पर्ने व्यवस्था रहेको रास्वपाले जनाएको छ । सभापति बाहेकका पदाधिकारीको चयन दोस्रो चरणमा हुने छ । सभापति सहित ३१ जना सदस्य पदका लागि गयराति निर्वाचन भएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्