खेलकुद

उरुग्वे र साउदी अरबबीचको खेल बराबरीमा टुंगियो

लस एन्जलस । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र साउदी अरबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको ४१औँ मिनेटमा साउदीले पहिलो अग्रता लिएको थियो । उसका लागि अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका हुन् ।

त्यस्तै साउदीको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ८० आँै मिनेटमा उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि दुवै टोलिले गोल गर्न सकेन्न र अन्तत खेल १–१ गोलको बराबरीमा सकियो । यस खेलसँगै समूह ‘एच’ मा चार वटै टोलीले पहिलो खेलपछि समान एक एक अङ्क जोडेका छन् । गए राति भएको समूह ‘एच’ कै अर्को खेलमा स्पेन र केपभर्डेले पनि १–१ को बराबरी खेलेका थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्