एक्सक्लुसीभ

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसुची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ पनि अर्थमन्त्रीले दिने कार्यक्रम छ।

यसैगरी अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्ने तथा उक्त विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित ती विधेयकहरू सदनमा पेश गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव ले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ‘श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१)’ तथा ‘बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९’ सदनमा पेश गर्ने कार्यसूची रहेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्