नेपाल

परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्नुपर्नेमा जोड

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको समृद्धिका लागि परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल परराष्ट्र सेवा दिवसका अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै खनालले अन्तर्राष्ट्रियस्तरमा मुलुकको गरिमा र छवि बढाउन बलियो कूटनीतिक प्रयासको खाँचो औँल्याए ।

मन्त्री खनालले वैदेशिक लगानी, पर्यटन विकास र प्रवद्र्धन, प्रविधि स्थानान्तरण र नेपाली उत्पादनको बजार पहुँचको लागि अन्तर्राष्ट्रिय साझेदारीलाई सक्रिय रूपमा उपयोग गर्न परम्परागत दृष्टिकोण रूपान्तरण हुनुपर्ने बताउनुभयो । खनालले परिवर्तनशील विश्वमा परराष्ट्र सेवाको विशिष्ट भूमिका रहेको उल्लेख गरे ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले नेपालको परराष्ट्र सेवामा विशिष्ट योगदान दिनुभएका अग्रजप्रति सम्मान व्यक्त गर्दै परराष्ट्र सेवाका सदस्यलाई व्यावसायिक रूपमा प्रस्तुत हुन अनुरोध गरे ।

त्यसअवसरमा नवनियुक्त परराष्ट्र सेवाका अधिकारीलाई स्वागत तथा अवकाशप्राप्त अधिकारी तथा कर्मचारीलाई सम्मान गरिएको थियो । समारोहमा मन्त्रालयका उच्चपदस्थ अधिकारी, पूर्वमुख्य सचिव, पूर्व परराष्ट्र सचिव, पूर्व राजदूतलगायत उपस्थित थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्