एक्सक्लुसीभ

कामु प्रधानन्यायाधीश मल्लले गरेको निर्णयका विषयमा संसदमा विवाद

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कायम मुकायम  प्रधानन्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा समय माग्दै कायम मुकायम प्रधान न्यायाधीश मल्लले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्ध दायर दरपीठ निवेदन दर्ता गरेर पेसी तोक्न आदेश दिएको विषयमा उहाँहरूले आपत्ति जनाउनु भएको हो ।

रास्वपाका सांसदहरु ढकाल र बास्कोटाले  कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाएपछि एमालेका सांसदहरूले उठेर विरोध जनाउनुभयो ।

त्यसपछि सभामुख डोल प्रसाद अर्यालले बोल्न समय दिएपछि नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले अदालतमा विचाराधीन मुद्दाको विषयमा संसदमा बहस गरेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले न्यायाधीशले कर्तव्य पालनाका शिलशिलामा गरेका न्यायिक कार्यका विषय संसदमा उठाइएको र अदालतको अपमान हुने गरी सत्तापक्षको सांसदहरूको अभिव्यक्ति आएको भन्दै विरोध गर्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्