एक्सक्लुसीभ

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न

काठमाडौँ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सम्पन्न भएको छ । 

सभाको आजको बैठकमा नीति तथा कार्यक्रमका विभिन्न बुँदामा संशोधनको सूचना राख्नुभएका ३५ र दलीय आधारमा ४१ सांसदले छलफलमा भाग लिनुभयो । सांसदहरु विपिनकुमार आचार्य, अर्जुननरसिंह केसी, राजेन्द्रकुमार राई, वर्षमान पुन, हर्कराज राई, खुश्बु ओली, महावीर पुन, रन्जु न्यौपाने, अभिषेकप्रताप शाह, लक्ष्मीप्रसाद पोखरेल, भीमकुमारी बुढा, ताहिर अलि भाट, खगेन्द्र सुनार, डा चन्द्रमोहन यादव, नीता घतानी, गणेशबहादुर विश्वकर्मा, कृष्णहरि बुढाथोकी, गीता गुरुङ, विष्णुमाया विक, तपेश्वर यादव र रेनुका काउँचाले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुभयो ।

यस्तै प्रमिलाकुमारी गच्छदार, शिवशङ्कर यादव, खडकबहादुर बुढा, केपी खनाल, आकृति अवस्थी, कमल सुवेदी, वदनकुमार भण्डारी, मनिष खनाल, मधुकुमार चौलागाई, धनन्जय रेग्मी, श्रीराम न्यौपाने, सुलभ खरेल, रहबर अन्सारी, राजीव खत्री, प्रेमलाल चौधरी, सुशील खड्का, भरत पराजुली, हरिमोहन भण्डारी, विधुषी राणा र ठाकुरसिंह थारुले नीति तथा कार्यक्रममाथि आआफ्नो सुझाव राख्नुभयो ।

छलफलमा भाग लिने सांसदहरुले नीति तथा कार्यक्रमले समृद्धि, सुशासन र नागरिक विश्वासको नयाँ आधार निर्माण गर्ने तथा भूमिहीन/सुकुमवासीको अधिकार सुनिश्चित, उद्यमशीलता प्रवद्र्धन, लगानी अभिवृद्धि, गैरआवासीय नेपाली, युवा विद्यार्थी, आदिवासी समुदायलाई आकर्षित गरेको बताउनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै आर्थिक वर्ष २०८३/८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.