एक्सक्लुसीभ

कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

काँग्रेस संसदीय दलको आज बसेको बैठकमा दलको नेता चयनका लागि छलफल भएको र सहमतिको प्रयासका लागि थप समय लिइएको निर्वाचन समितिका संयोजक एवं कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले जानकारी दिनुभयो ।

आजको बैठकमा सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गर्ने प्रयास भएको  र पार्टी नेतृत्वसँग समेत छलफल गरी अर्को बैठकमा निर्णय गर्ने सहमहामन्त्री रसाइलीले बताउनुभयो ।

नेपाली काँग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूले यस अघि नै संसदीय दलको नेता चयन गरिसकेका छन् । प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८ जना सांसद छन् ।

आजको बैठकमा २६ जनाले बोलेको र सहमतिबाटै नेतृत्व चयन हुनुपर्नेमा जोड दिएको बैठकपछि नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्