राजनीति

उद्योग मन्त्रीमा गौरीकुमारी यादव र श्रम मन्त्रीमा रामजी यादव, पद तथा गोपनीयताको शपथ

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री द्वयलाई शपथ ग्रहण गराउनुभएको हो ।

गौरीकुमारी यादव महोत्तरी–४ बाट निर्वाचित हुनुहुन्छ भने रामजी यादव सप्तरी क्षेत्र नं २ बाट निर्वाचित सांसद हुनुहुन्छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आजै उहाँहरूलाई मन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।

समारोहमा उपराष्ट्रपति रामहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, लगायतको उपस्थिति थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्